किर्ते प्रमाण बनाएर बागमतीको करोडौं जग्गा हडप्न खोजिंदै

Posted on: May 03, 2016 | views: 246

२७ फागुन, काठमाडौं ।
बागमती नदी आसपासका करोडौं रुपैयाँ पर्ने जग्गालाई भू(माफियाले किर्ते कागज बनाएर आफ्नो नाममा दर्ता गर्न थालेका छन् । कारोबार दैनिकमा समाचार छ।
 
किर्ते प्रमाण बनाएर सरकारी जग्गालाई निजी सम्पत्ति भन्दै भू(माफियाले दाबी गर्न थालेपछि सरकारले बल प्रयोग गरेर हटाउन थालेको छ ।
 
जग्गा हडपेर अनधिकृत बस्ती बसाल्ने र तारबार गर्ने भू(माफियाका गतिविधि अझैं रोकिएको छैन । केही माफिया नापी विभागकै कर्मचारीको मिलेमतोमा बागमती जग्गालाई आफ्नो नाममा पार्न सफल भएका छन् । केहीले बिनाप्रमाण आफ्नो भनेर दाबी गरिरहेका छन् ।
 
बागमती सभ्यता एकीकृत विकास समितिले आफ्नो जग्गा खोज्न थालेपछि व्यक्तिले दाबी गर्न थालेका हुन् ।