काठमाडौं उत्रियो हिमालय एयरलाइन्सको पहिलो एयरबस

Posted on: May 02, 2016 | views: 679

२६ फागुन, काठमाडौं ।
एयरबस सहित नयाँ बिमान कम्पनीको रुपमा सुरु नेपालको निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आफ्नो पहिलो एयरबस काठमाडौं ल्याइपुर्याएको छ ।

कम्पनीका महाप्रबन्धक राजुबहादुर केसीका अनुसार हिमालय एयरलाइन्सले तिब्बत एयरलाइन्ससँग सहकार्य गरेर नेपालबाट अन्तर्राष्ट्रिय हवाई उडान गर्दैछ ।

आगामी चैत ३० गतेदेखि व्यवसायिक उडान सुरु गर्ने हिमालय एयरलाइन्सले चीनको लिजिङ कम्पनीसँग १२ वर्षका लागि एयरबस भाडामा लिएको छ ।

हाल एउटामात्र एयरबसबाट उडान थाल्न लागेको हिमालयले पहिलो उडान सुरु गरेको केही महिनापछि अर्को एयरबस ल्याउने योजना रहेको बताएको छ ।

तस्विर सौजन्य : रायन लिमको ट्वीटर