सुन चाँदीको भाउ घट्यो

Posted on: May 02, 2016 | views: 290

२६ फागुन,काठमाडौं । 
सुन र चाँदीको मूल्यमा बुधबार सामान्य गिरावट आएको छ । निरन्तर उकालो लागेर केहिदिन घटेको सुनको मुल्य मंगलवार भने ३ सय रुपैयाँले बढेको थियो । आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ। मूल्य घटेसँगै सुन आज प्रतितोला ५६ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  

मंगलबार सुनको भाउ ५६ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदीको मूल्य पनि आज घटेको छ। हिजो ७ सय ३० मा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घट्दै ७ सय २५ रुपैयाँ प्रतितोला कायम भएको छ।