दशैंमा जथाभावी फोहर फाल्ने १५ जनाबाट ७१ हजार जरिवाना

Posted on: October 17, 2016 | views: 277

१ कार्तिक, काठमाडौं ।
जथाभावी फोहर फालेको पाएपछी काठमाडौं महानगरपालिकाले जरिवानास्वरुप रु ७१ हजार रकमअसुल गरेको छ ।

बातावरण महाशाखा प्रमुख रवीनमान श्रेष्ठका अनुसार दसैंका बेलामा स्थानीयबासीले अटेर गरी जथाभावी फोहर फालेपछि महानगरले कारबाहीस्वरुप रकम असुल गरेको हो ।

कालीमाटी, थापाथली, कुलेस्वर, टेकु, कलंकीको विभिन्न स्थानमा जथाभाबी फोहर फाल्ने १५जनाबाट रकम असुल गरिएको प्रमुख श्रेष्ठले बताउनुभयो ।