२९ असोज, काठमाडौं ।
दशैको अवधिमा करिव ५ अर्व रुपिया बराबरको नेपाली जुत्ता चप्पलको कारोवार भएको छ ।
विभिन्न डिजाइन र आकारमा जत्ता उत्पादन हुने थालेपछि नेपाली जुत्ता प्रति उपभोक्ताको आकर्षण बढेको नेपाली जुत्ता उत्पादक संघले जनाएको छ ।
वार्षिक ३० अर्वको हाराहारीमा नेपाली जुत्ता चप्पलको कारोवार हुने गरेको छ ।
शिखर, वी एफ डेरिल, गोल्डस्टार, रन, फिटराइट, म्याजिक, कोसेली लगायत १५ भन्दा बढि कम्पनीहरुले जुत्ता उत्पादन गर्दै आएका छन ।