आज पनि सुनको भाउ बढ्यो

Posted on: May 02, 2016 | views: 277

२५ फागुन, काठमाडौं ।
नेपाली बजारमा मंगलबार सुनको भाउ केही उकालो लागेको छ ।

पछिल्लो समय लगातार जसो उकालो लागिरहेको स्थानीय बजारमामा सुनको मुल्यमा तीन सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ५६ हजार २ सयमा कारोवार भएको सुन मङ्गलबार बढेर ५६ हजार ५ सय रुपैयाँमा कारोवार भएको छ ।

मंगलबार स्थानीय बजारमा चाँदीको मुल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोवार भइरहेको छ ।