किनेको जग्गा बेच्न जाँदा जग्गाधनीले लखेटेपछि पोल खुल्यो

Posted on: May 02, 2016 | views: 387

२५ फागुन, विरगञ्ज ।
हुँदै नभएको जग्गाको किर्ते कागजात खडा गरि ८० लाख रुपैयाँमा विक्री गरेको आरोपमा पर्सा मालपोत कार्यालयका एक कर्मचारीसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। कान्तिपुर दैनिकमा समाचार छ ।
 
१० महिनाअघि खरिद गरेको जग्गा विक्रीका लागि गत साता वीरगंज आएका ललितपुर २१ का सचेन्द्र महर्जनलाई सक्कली जग्गाधनीले लखेटेपछि उनले ठगिएको महसुस गरेका थिए।
 
महर्जनले दिएको उजुरीका आधारमा मालपोतका नायव सुब्बा मुरारीप्रसाद तिमल्सिना लगायतकालाई प्रहरीले पक्राउ गरेको छ ।

अनुसन्धानका क्रमममा वीरगंजको मध्य भागमा रहेको गीता मन्दिरदेखि पूर्वतर्फको कित्ता नम्बर ५१ को १ घुर जग्गालाई ७ धुर बनाएर विक्री गरिेको पाइएको एसपी राजबाबु श्रेष्ठले बताए ।