भड्किलो प्रचारले कांग्रेस महाधिवेशन महँगो

Posted on: May 02, 2016 | views: 280

२४ फागुन, काठमाडौं  । 
नेपाली कांग्रेसको तेह्रो महाधिवेशन अघिल्ला महाधिवेशनभन्दा निकै खर्चिलो र भड्किलो देखिएको छ । पार्टीको औपचारिक खर्चभन्दा उम्मेदवारले गरेको खर्च दोब्बरभन्दा निकै बढी भएको महाधिवेशन प्रतिनिधि बताउँछन् । यसले महाधिवेशनमा उम्मेदवार हुनका लागि अबका दिनमा ठूलै धनराशि जोहो गर्नुपर्ने डरलाग्दो संस्कृति स्थापित हुने देखिएको छ ।

कांग्रेसले महाधिवेशनको सम्पूर्ण व्यवस्थापनमा ४ करोड खर्च हुने बताइए पनि उम्मेदवारले गरेको खर्च भने १० करोडभन्दा बढी भएको अनुमान गरिएको छ । ६४ पदका लागि ३१२ उम्मेदवार चुनावी मैदानमा छन् ।

मत माग्न प्रायः सबै उम्मेदवारले करिब ३२ सय महाधिवेशन प्रतिनिधिलाई एसएमएस पठाउनमै लाखौं खर्चिएका थिए । एउटै उम्मेदवारले महाधिवेशन प्रतिनिधि विजयी भएकोमा बधाइ दिन पटकपटक एसएमएस पठाएका छन् । आजको कारोबार दैनिकमा खबर छ ।