२७ भदौ, धनगढी ।
कैलालीमा बिगत तिन दशक देखि सार्वजनिक सवारीका साधन चल्ने गरेका एक दर्जन सडकमा अहिले आएर अस्थायी रुट परमिट दिइएको छ ।
जिल्ला यातायात ब्यवस्थापन समितिको निर्णय पछि यातायात ब्यवस्था कार्यालय धनगढीले एक दर्जन सडकमा अस्थायी रुट परमिट दिएको हो ।
त्यसरी अस्थायी रुट परमिट दिएका सडकहरुमा बौनिया जोशीपुर, धनगढी हसुलिया, राजीपुर बालुवागडा, बैडपुर पवेरा, सहजपुर ठुलीगाड, सुखड भजनी लगायत रहेका छन् ।
कार्यालयका निमित्त प्रमुख केशवदत्त जोशीले रुट परमिट बिना सार्वजनिक सवारीका साधन चल्ने गरेको पाइएपछि ती सडकमा हालै मात्र अस्थायी रुट परमिट दिइएको बताउनुभयो ।
ती सडक दैनिक दर्जनौ सार्वजनिक सवारी साधन संचालन हुदै आएका छन् ।