ढुकुटीदेखि सहकारी कारोबारसम्म बैंकिङ कसुरको दायरामा

Posted on: September 10, 2016 | views: 513

काठमाडौं, भदौ  २५ । ढुकुटी र सहकारीको कारोबार पनि बैंकिङ कसुरको दायरामा आएको छ । व्यवस्थापिका संसदले शुक्रबार पारित गरेको बैंकिङ कसुर तथा सजायसम्बन्धी ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयकमा ढुकुटी र सहकारीलाई पनि बैंकिङ कसुरको दायरमा ल्याइएको आजको राजधानीमा समाचार छ । संसदमा विधेयकमाथिको दफवार छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिदैँ उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले जनताको बचत जोखिम नहोस् र ठगी नहोस भनेर ऐन संशोधन गरिएको बताउँदै ढुकुटी नियन्त्रणका लागि पनि विधेयक व्यवस्था गरेको जानकारी दिए । प्रस्ट कानुनका अभावमा यी दुवैको कारोबारमा व्यापक ठगी हुँदै आएपनि कसुरदारलाई कारबाहीको दायरामा ल्याउन सकिएको थिएन ।