झापामा कृषि थोक बजारमा आगलागी

Posted on: August 17, 2016 | views: 319

१ भदौ, विर्तामोड ।
विद्युत सर्ट भएर झापाको बिर्तामोडस्थित कृषि थोक बजारको मिनी मार्केटमा आज विहान आगलागी हुदा दुई करोड रुपैया भन्दा बढीको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार  बिहान ५ बजेतिर सुरु भएको आगलागीबाट कृषि थोक बजार परिसरमा रहेका १० वटा फेन्सी पसल जलेर नष्ट भएका छन् ।

प्रहरीका अनुसार आगलागीका कारण दुई करोड रुपैया मूल्य वरावरको क्षति भएकोे प्ररम्भीक अनुमान रहेको छ ।

आगलागी स्थानीयवासी, प्रहरी तथा  बिर्तामोड,दमक,भद्रपुर र मेचीनगर नगरपालिकाको वरुणयन्त्रले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । मिनी मार्केट भित्र आगलागी भएका कारण क्षतिको क्षतिको विवरण बढ्न सक्ने प्रहरीले जनाएको छ ।