निर्धन उत्थानको बिमा बापतको क्षतिपुर्ति रकम बितरण

Posted on: August 11, 2016 | views: 449

पप्पु गुरुङ्, २७ साउन / दोधारा चाँदनी । निर्धन उत्थान बैक लि. शाखा कार्यालय द्धारा दोधारा चाँदनीका स्व. तुलसी दमाई र जसु राना मगरलाई बिमा बापतको क्षतिपुर्ति  रकम निजका परिवारजनलाई  बितरण गरिएको छ । रु. १ लाख ३५ हजार रुपैया दाबि रहेको उक्त रकम  निर्धन उत्थान बैक लि. शाखा कार्यालयका शाखा प्रबन्धक नबरत्न प्रसाद यादव तथा नेपाली काग्रेंस दोधारा चाँदनी नगरकमिटिका सभापती डम्मर चन्दले सयुक्तरुपमा बितरण गरेका हुन । एक कार्यक्रमको बिच दुबैलाई बैंकको नियमआनुसार बिमा रकम बितरण गरिएको निर्धन उत्थान बैक लि. शाखा कार्यालय दोधारा चाँदनीले जनाएको छ् । समुहका श्रmणीले कर्जा लिएर उनिहरुबाट शुल्क कट्टा गरिएको ०.६४ प्रतिसत रकमको बैंकका ग्राहकको बिमा गरिने भएको हुदा उनिहरुलाई मृत्यु पश्चात बिमा रकम उनिहरुको परिवारजनलाई बितरण गरिएको निर्धन उत्थान बैक लि. शाखा कार्यालयका शाखा प्रबन्धक नबरत्न प्रसाद यादवले जानकारी दिनुभएको छ् । समुहका श्रmणीले कर्जा लिएर उनिहरुबाट शुल्क कट्टा गरिएको ०.६४ प्रतिसत रकम प्रिमियम तिरी गरीएको म्यादि बिमा रकमबाट उक्त क्षतिपुर्ति रकम हस्तातरण गरिएको बैंकका सहायक प्रबन्धक संजय चौधरीले जानकारी दिए । दोधारा चाँदनीमा रहेको ६ करोड कर्जा  आफ्ना सदस्य माँझ रहेको परीप्रक्षमा बित्तिय जोखिम कम गर्न म्यादी बिमा एक बरदान साबित भएको बताउदै सहायक प्रबन्धक संजय चौधरीले पारिवारीक पिडामा कर्जाले थप तनाब हुने महशुस गर्दै हाम्रो समाजमा मृत्यु पछिको क्षतिपुर्ति  पिडत परीवारलाई कोशेढुङ्गा साबित भएको बताए । सदस्य मरिसकेपछि कर्जाको भारी रकम निज मृतकको नाममा नरहोस र काजक्रिया सजिलै होस भन्ने हेतुले बैंकले बिमा कम्पनी संगको सहकार्यमा बैकंका सदस्यहरुलाई बिमा गर्दै आएको छ । ग्रामिण भेगका जनतालाइ सरल र सहज तवरले कर्जा बितरण गरी उनीहरुको जिबिको पार्जनमा बैंकले टेवा पुर्‍याइरहेको बताउदै दोधारा चाँदनी क्षेत्रमा बिभिन्न समुह मार्फत १६ सय जना भन्दा बढी सदस्यलाई बैंकले बित्तिय सेवा दिइरहेको बताए । एक कार्यक्रमको बिच दोधारा चाँदनी नगरपालिका वडा नं. ६ र १० बस्ने बैकका सदस्य क्रमश : जसु राना मगर र तुलसी दमाईलाई बिमा रकम रु. ८२ हजार ८ सय र  तुलसी दमाईलाई रु. ५५ हजार २ सय बितरण गरिएको निर्धन उत्थान बैक लि. शाखा कार्यालय दोधारा चाँदनीले जनाएको छ् ।