'चीन–नेपाल–भारत आर्थिक मार्ग ः संभावना र दृष्टिकोण’

Posted on: August 10, 2016 | views: 459

२६ साउन, काठमाडौं ।
 
क्षेत्रीय विकास र समृद्धिका लागि चीनले अघि सारेको वान बेल्ट वान रोडको कार्यान्वयन नेपालका साथै समग्र दक्षिण एशियाको विकासका लागि मेरुदण्ड हुन सक्ने विभिन्न क्षेत्रका विज्ञहरुले बताउनु भएको छ ।   

नेपाल विश्व सम्बन्ध परिषद् र चीन अध्ययन केन्द्रले आज काठमाडौंमा गरेको ‘चीन–नेपाल–भारत आर्थिक मार्ग ः संभावना र दृष्टिकोण’ विषयको कार्यशालामा नेपालका लागि चीनका राजदूत वु छुन्थाइले त्रिदेशीय आर्थिक मार्ग निर्माणमा हिमालय पर्वत शृङ्खला बाधक नहुने चर्चा गर्दै प्राचीन कालमा पनि चीन, नेपाल र भारतबीच व्यापार भएको दृष्टान्त प्रस्तुत गर्नुभयो ।

पूर्वपरराष्ट्र मन्त्री भेषबहादुर थापाले चीन र भारतजस्ता विशाल छिमेकीका बीचमा रहेको नेपालका निम्ति उक्त मार्ग आर्थिक उन्नयनको मेरुदण्ड हुने भन्दै आर्थिक मार्ग निर्माणमा त्रिदेशीय सहमति पहिलो आवश्यकता भएको बताउनु भयो ।

समसामयिक अन्तर्रा्ष्ट्रिय सम्बन्धसम्बन्धी चिनियाँ विद्वत् वर्गको संस्था ९सिआइसिआइआर० का अध्यक्ष प्रा। जी झेइले आफ्नो मुलुकको ‘एक क्षेत्र एक मार्ग’ अवधारणा छिमेकी राष्ट्रको विकासका रणनीतिसँग सामञ्जस्य कायम गर्नु हो भन्दै त्यसको मूल उद्देश्य क्षेत्रीय शान्ति, स्थायित्व र समृद्धि भएको स्पष्ट गर्नुभयो ।

नेपाल विश्व सम्बन्ध परिषद्का अध्यक्ष राजेन्द्रबहादुर श्रेष्ठले आर्थिक, राजनीतिक एवम् सैन्यशक्तिका दृष्टिले विश्वको शक्तिकेन्द्र बनेको चीनको प्रगति नेपाल र भारतका निम्ति प्रेरणा बनेको चर्चा गर्दै विश्वको सातौं अर्थतन्त्रको रुपमा उदीयमान भारतलाई पनि आर्थिक गतिविधि बढाउन उक्त मार्ग अति उपयोगी हुने बताउनुभयो ।

चीन अध्ययन केन्द्रका कार्यबाहक अध्यक्ष सुन्दरनाथ भट्टराईले त्रिदेशीय आर्थिक मार्ग तीनवटै मुुलुकका लागि पारस्परिक लाभको अवधारणा भएकाले त्यसमा सहभागी हुनु समयको माग भएको बताउनुभयो ।