काठमाडौं,फागुन १९ । केही दिन यतादेखि लगातार बढिरहेको सुन आज भने ओरालो लागेको छ । अघिल्लो दिनको तुलनामा बुधबार सुनको भाउ १ हजार रुपैयाँले घटेर तोलाको ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार ५६ हजार ५ सय रुपैयाँमा पुगेको सुन आज भने ५५ हजार ५ सय रुपैयाँ कायम भएको हो। चाँदीको भाउ पनि आज ५ रुपैयाँले घट्दै ७ सय १५ रुपैयाँमा कारोबार भएको छ।