इलाम अप्पर माईको विद्युत केन्द्रिय प्रशारणमा जोडियो

Posted on: June 08, 2016 | views: 290

२६ जेठ, इलाम ।
इलामको मावु र माइमझुवा गाविसमा निर्माण सम्पन्न भएको अप्पर माई जलबिद्युत आयोजनाबाट उत्पादित ६ दशमलब ७ मेगावाट बिद्युत केन्द्रिय प्रशारण लाइनमा जोडिएको छ ।

पञ्चकन्या माई हाइड्रो लिमिटेडले एक अर्व ९२ करोड रुपैंयाँ लगानिमा निर्माण गरेको आयोजनाको विद्युत उत्पादन क्षमता ९ दशमलब ९ मेगावट रहे पनि हाल ६ दशमलब ७ मेगावाट विद्युत उत्पादन हुँदै आएको आयोजनाले जनाएको छ ।