शनिबार बजेट पेस हुँदै

Posted on: May 26, 2016 | views: 420

१३ जेठ, काठमाडौं ।
सरकारले आगामी आव २०७३/७४ को राजस्व र व्ययको अनुमान ९बजेट० आगामी शनिबार सदनसमक्ष पेस गर्दै छ ।


व्यवस्थापिका–संसद्को आजको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको संविधानअनुसार वार्षिक बजेट प्रस्तुत गर्न सदनसमक्ष गर्नुभएको अनुरोधलाई स्वीकार गर्दै सभामुख ओनसरी घर्तीले यही जेठ १५ गते अपराह्न ४ बजे पेस गर्ने गरी समय निर्धारण गरिएको जानकारी दिनुभयो  ।

संविधानमा हरेक वर्ष सरकारले जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्नेछ ।