सेयर अहिलेसम्मकै उच्च विन्दु र उच्च रकमको कारोबार

Posted on: May 23, 2016 | views: 203

१० जेठ, काठमाडौं ।
आईतवार नेपाली सेयर बजार अहिलेसम्मकै उच्च विन्दुमा पुगेर उच्च रकमको कारोबार गरेको छ । आईतवार बजारको परिसूचक १० अंकले बढेर १५०९ अंकमा पुगेको छ भने एक अर्ब २४ करोड रुपैयाँको सेयरको किनबेच भएको छ ।

 बिमा कम्पनीहरुको कारेवारमा सुधार भै बजार चम्किँदा कारोबार बढेर आइतबार बजारमा नेशनल लाइफको ६ करोड ६५ लाख, एन बी बैंकको ६ करोड ६२ लाख र शिखर इनस्योरेन्सको पाँच करोड १७ लाख रुपैयाँको सेयर किन बेच भएको छ ।

त्यसै गरी बजारमा सोल्टी होटलको चार करोड ४६ लाख, नेपाल बैंकको चार करोड २१ लाख र सेञ्चुरी कमर्सीयल बैंकको चार करोड एक लाख रुपैयाँका सेयरहरु किनबेच भएका छन् ।

 बिमाको सुचक अहिलेसम्मकै उच्च अंकले बढेको छ । बिमा सुचक ३३६।८२ अंकले बढेको छ । बैंकिङ १ र विकास बैंक चार अंकले बढेको छ भने बाँकी सुचक घटेका छन् ।

आइतबार १५ कम्पनीका सेयर लगानीकर्ताले १० प्रतिशतका हाराहारीमा सम्पति वढाएका छन् । धेरै कमाउने १० कम्पनीमा आठ वटा बिमा कम्पनी रहेका छन् ।