नक्कली भारुको बजार बन्दै नेपाल

Posted on: May 23, 2016 | views: 155

काठमाडौं,जेठ १० ।  नक्कली भारुको कारोबार गर्ने अन्तर्राष्ट्रिय गिरोहले नेपाललाई आफ्नो नयाँ बजार बनाउन थालेको छ । यसअघि नेपाल नक्कली भारु तस्करीमा ट्रान्जिट रुपमा मात्र हुने गरेकोमा ६ महिनायता कारोबार पनि हुने गरेको छ । प्रहरीले ठूलो मात्रामा नक्कली भारुसहित दुईवटा गिरोहलाई पक्राउ गरी अनुसन्धान गर्दा नेपाली बजारमा ठूलो मात्रामा नक्कली भारु फैलिएको खुलेको हो ।करिब ५५ लाख नक्कली भारुसहित प्रहरीले दुई साता लामो अप्रेसनमा काठमाडौं तथा तराईबाट सातजनालाई पक्राउ गरेको हो । उनीहरले एक करोडभन्दा धेरै भारु नेपाली बजारमा फैलाइसकेको खुलेको हो ।


नक्कली भारुको छपाइ तथा तस्करी गर्ने पाकिस्तानि समूहले नक्क्ली डलरको पनि कारोबार सुरु गरेको छ ।  प्रहरीले ३५ लाख नक्कली भारु बरामद गरेको समूहबाट १९ हजार अमेरिकी डलरसमेत बरामद गरेको छ । आजको नयाँ पत्रिकाले समाचार लेखेको छ