नेप्से यो साता १५ सय नजिक

Posted on: May 21, 2016 | views: 223

८ जेठ, काठमाडौं ।
यो साता नेपाली शेयर बजारको परिसूचक नेप्से १५ सयको नजिक पुगेको छ ।

यो साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २१.९४ अंकले बढेर अन्तिम दिन १४९९.३२ अंकमा पुगेको छ । परिसूचक बढे पनि शेयर बजारको कारोवार रकम भने गत साताको तुलनामा घटेको छ ।

यो  साता नेपाल स्टक एक्सचेन्जमा १५३ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २०,५४५ कारोबारहरुबाट चार अर्ब २९ करोड ३७ लाख ५५ हजार रुपैयाँ बराबरका ६९ लाख ६१ हजार पाँच सय ७० कित्ता सेयरहरु किनबेच भएका छन ।

यसै गरी यो साता समूहगत परिसूचक तर्फ उत्पादनमुलक बाहेकका सबै समूहको कारोवारमा सुधार भएको छ ।

यो साता कारोबार रकमको आधारमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लि, कारोबार भएको सेयर संख्याको आधारमा नविल व्यालेन्स फण्ड १ र कारोबार संख्याको आधारमा सेन्चुरी कमर्सियल बैंक लिमीटेड अग्रस्थानमा रहेका छन् ।