अब हरेक जिल्लामा कृषि क्याम्पस-कृषि मन्त्री

Posted on: May 20, 2016 | views: 144

७ जेठ, बुटवल ।
शिक्षामन्त्रि गिरीराजमणि पाख्रेलले मुलुकको आर्थिक समृद्धिका लागि कृषिको बिकास आवश्यक भएकाले सरकारले प्रत्येक जिल्लामा कृषि क्याम्पस सञ्चालन गरेर कृषिमा प्राबिधिक र दक्ष जनशक्ति उत्पादन गर्ने बताउनु भएको छ ।

बुटवल उद्योग वाणिज्य संघमा आज आयोजित अन्र्तक्रिया कार्यक्रममा मन्त्रि पोख्रेलले मुलुकलाई आत्म निर्भर बनाउदै समृद्ध राष्ट बनाउन कृषिको बिकासबाट मात्र सम्भव भएकाले सरकारले कृषि क्याम्पसलाई प्राथमिकता दिन लागेको जानकारी गराउनु भयो ।

उहाले बजेट जेठ १५ गते आउने भएकाले बिगतमा जस्तो बिकास निर्माणका काममा ढिलाई नहुने पनि बताउनु भयो ।

कार्यक्रममा संघका अध्यक्ष महेशमान सिंह र निवर्तमान अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठले संघले शिक्षा क्षेत्रमा गरेको लगानीका बारेमा जानकारी गराउदै मोतिपुर औद्योगिक क्षेत्रको निर्माण , आम्दा अस्पतालको स्तर बृद्धिमा सहयोग गर्न आग्रह गर्नु भएको थियो ।