६ बैशाख, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक बृद्धिद्धर ६ दशमलव ५ प्रतिशत पुर्याएरै छाड्ने दृढता व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले भने, ‘नवलपरासीमा फलामको खानी उत्खनन् भएको देखेर बुद्धिजिवीहरु छटपटाएका छन् । सबै बुद्धिजिवी होइन, इनभर्टेड कमावाला बुद्धिजिवी ।
एउटाको फलामको खानीबाट १० खर्ब रुपैयाँ आउँछ । यो एक बर्षको बजेटभन्दा धेरै हुन्छ । त्यसैले मैले ६।५ प्रतिशतको आर्थिक बृद्धिको कुरा गरेको छु । त्यो पूरा गरेर छाड्छु ।’
एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको महाधिवेशन उदघाटन गर्दै प्रधानमन्त्री ओलीले जनतामा आशा जाग्दा बुद्धिजिवि भनिनेहरु भने निराशा छर्न लागि परेको आरोप लगाए ।