विकास खर्च प्रगति ८० प्रतिशत पुर्याउन प्रधानमन्त्रीको निर्देशन

Posted on: May 03, 2016 | views: 251

१८ बैशाख, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटले लक्ष्य निर्धारण गरेअनुसार परिणाम  देखिने गरी काम गर्न सचिवहरुलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित ‘चालु आवको बजेट कार्यक्रमको प्रगति तथा कार्यान्वयका  चुनौती’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले  आगामी दुई महिनाभित्र विकास खर्चको प्रगति ८० प्रतिशत पु¥याउने गरी काम अघि बढाउन निर्देशन दिनुभयो ।

प्रधानमन्त्री ओलीले विकास निर्माणका कार्यक्रमलाई गुणस्तरीय र प्रभावकारी बनाउन आवश्यक छ, आगामी दुई महिनाभित्र विकास खर्च कम्तिमा पनि ८० प्रतिशत हुने गरी काम गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले मन्त्रालयका सचिवहरुसँग विकास बजेट खर्च नहुनुको कारण समस्या र लक्ष्य हासिल गर्न चाल्नु पर्ने कदमका बारेमा जिज्ञासा राख्नु भएको थियो ।

मन्त्रालयगत खर्च र प्रगति विवरण प्रस्तुत गर्दै सचिवले भूकम्प, लामो समयसम्मको नाकाबन्दी, योजना कार्यान्वयनमा लैजान झन्झटिलो प्रक्रिया र एक अर्का मन्त्रालयसँग जोडिएका विषयवस्तुले निर्धारित लक्ष्य समयमै प्राप्त गर्न चुनौती रहेको जानकारी गराउनुभएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव प्रेमकुमार राईले जानकारी दिनुभयो ।