सिद्धार्थ बैंकले जापानबाट रेमिट्यान्स सँगै बैंकिङ सेवा थाल्दै, भव्य कार्यक्रमबिच सुभारम्भ हुँदै

Posted on: May 03, 2016 | views: 269

१८ बैशाख, टोकियो ।
सिद्धार्थ बैंकले जापानबाट रेमिट्यान्स सेवा सँगै बैंक खाता खोल्न सकिने सेवा सोमवारबाट औपचारिक सुरु गर्ने भएको छ ।

औपचारिक सेवा सुभारम्भ गर्न लागेको अवसर पारेर सिद्धार्थ रेमिट र सिद्धार्थ बैंकका विशिष्ट पदाधिकारीहरु शनिवार जापान आईपुगेका छन ।

सेवा सुचारु हुन लागेको अवसर पारेर बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, सहायक कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल सहित रेमिटयान्स प्रमुख पंकज पन्त जापान आईपुगेका छन् ।

सिद्धार्थ बैंकको सेवा सुभारम्भ अवसरमा जापा आएका बैंकका प्रतिनिधिहरुलाई सिद्धार्थ रेमिट जापानका तर्फवाट सुदन थापा, मेघराज नेपाल र बावुराम भण्डारीले स्वागत गरेका छन् ।

सिद्धार्थ बैंकले सोमवार टोकियो स्थित नाकानो जिरो हलमा आयोजना हुने नेपाली साँझ विशेष सांगितिक कार्यक्रम अवसर पारेर बैंकको सेवा सुभारम्भ गर्नेछन् ।

नेपाली साँझ कार्यक्रममा नेपालका चर्चित पप गायक निमा रुम्वा, लोकप्रिय हास्य कलाकार मनोज गजुरेल, नायिका ऋचा शर्मा सहित हास्यकलाकारद्धय कुमार कट्टेल र अर्जुन घिमिरे, गायिका काजल गुरुङ लगायतले आफ्नो सांगितिक, हांख्य प्रस्तुती नृत्य लगायत देखाउनेछन् ।

यसको लागि कलाकारहरु मे १ तारिखका दिन जापान आइपुग्ने भएको सिद्धार्थ रेमिट जापानका प्रमुख सुदन थापाले टपनेपालन्युजडटकमलाई जानकारी दिनुभयो ।

थप समाचार पढ्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।