बजेट जेठ १५ गते भित्र ल्याउने सरकारको तयारी

Posted on: May 03, 2016 | views: 227

१८ बैशाख, काठमाडौं ।
सरकारले आगामी आर्थिक बर्षको बजेट जेठ १५ गते भित्र ल्याउने तयारी गरेको छ ।

यसका लागि अर्थमन्त्रालयले मन्त्रालयगत र क्षेत्रगतरुपमा समेत छलफल गरेको छ ।

बजेट भाषण समयमै गरेर बजेट पास गराइ विकास निर्माण र भूकम्प पछिको पुर्ननिर्माणमा जोड दिने खालको बजेट आउने अर्थमन्त्री विष्णु पौडेलले बताउँदै आएका छन् ।