बढी पैसा लिएर ग्याँस बेच्ने पक्राउ

Posted on: May 02, 2016 | views: 245

१७ बैशाख, भक्तपुर ।
भक्तपुरमा ग्यासमा कालोबजारी गरी बिक्री गर्ने एक जनालाई आज महानगरीय प्रहरी बृत्त थिमिले ग्याँस सहित पक्राऊ गरेको छ ।

अनन्तलिङेश्वर नगरपालिका ५ बालकोट बस्ने रामचन्द्र श्रेष्ठले हिमाल ग्याँस निर्धारित मूल्य भन्दा बढी रकम लिएर कालोबजारी गरी बिक्री गरेको पाईएपछि नौ वटा ग्यास सिलिण्डर सहित पक्राऊ गरेको हो ।

पक्राऊ परेका श्रेष्ठलाई आजै म्याद थप गरी कालोबजारी ऐन अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाएको महानगरीय प्रहरी बृत्त थिमिका प्रहरी नायब उपरीक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिनुभयो ।