अलपत्र राहुघाट जलविद्युत आयोजनाको काम प्राधिकरणले अघि बढाउने

Posted on: May 02, 2016 | views: 233

१७ बैशाख, काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणले लामो समयदेखि अन्यौलमा रहेको राहुघाट जलविद्युत् आयोजना निर्माण कार्य अगाडि बढाउने भएको छ ।

प्राधिकरण सञ्चालक समितिको बिहीबारको बैठकले ३२ मेगावाट क्षमताको आयोजनालाई आठ मेगावाट थप गरी ४० मेगावाट क्षमताको बनाउने निर्णय गरेको हो ।

प्राधिकरणको निर्णयपछि म्याग्दीमा निर्माणाधीन आयोजनाको क्षमतासँगै लागत समेत बढ्ने भएको छ । भारतीय निर्माण कम्पनी आइभिआरसिएलले आर्थिक अवस्था कमजोर भएको भन्दै निर्माण प्रक्रिया नै छाडे पछि आयोजना निर्माणको काम अन्यौलमा परेको थियो ।

आयोजना प्रमुख कुलमान घिसिङले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्वीकृत भएकोले आयोजना नयाँ आधारमा छिटो सम्पन्न गर्ने गरी प्रकृया अघि बढेको बताउनुभयो । पुरानो भारतीय ठेकेदारसँगको सम्झौता तोडेर नयाँ प्रक्रियामा आयोजना निर्माण गर्नका लागि तयार पारिएको डिपिआरमा आयोजनाको  लागत बढेर आठ अर्ब ६० करोड पुग्ने अनुमान गरिएको छ ।

सरकारले बैशाख १६ गतेसम्म ७९ अर्बको ७८ करोड रुपैया बरावरको आन्तरीक  ऋण उठाएको छ । चालु आथर््िाक बर्षको बजेटको कार्यक्रम अनुसार यस बर्ष ८८ अर्ब रुपैया बरावरको आन्तरीक ऋण उठाउने नीति रहेकोमा ७९ अर्बको ७८ करोड  ऋण उठाएको नेपाल  राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैकले यस अवधीमा ट्रेजरी, विकास ऋण पत्र, नागरिक बचत पत्र,बैदेशिक रोजगार बचतपत्र मार्फत सो ऋण उठाएको हो ।

राष्ट्र बैंकले यही बैशाख ७ गतेदेखि २४ गते सम्मका लागि २५ करोड रुपैया बरावरको बैदेशिक रोजगार बचत पत्रको बिक्रि खुल्ला गरेको र बाँकी रकम ट्रेजरी विलको रुपमा उठाउने तयारी भएको नेपाल राष्ट्र बैक,राष्ट्र ऋण व्यवस्थापन विभागका कार्यकारी निर्देशक डा. मिनबहादुर श्रेष्ठले जानकारी दिनु भयो । नेपाल सरकारले यो बर्षको बजेट मार्फत गरिने कुल खर्चका लागि राजश्व तथा बैदेशिक सहयोगबाट परिचालित रकममा नपुग हुने रकम आन्तरीक ऋणबाट उठाएको हो ।

कृषिमन्त्री हरिबोल गजुरेलले सूर्योदय नगरपालिका–४ माघेमा जनहित कृषि सहकारी संस्थाले स्थापना गरेको अदुवा प्रशोधन तथा मसला उद्योगको शुक्रवार उद्घाटन गर्नुभयो ।

उद्योगको उद्घाटन गर्दै मन्त्री गजुरेलले सरकारले जारी गरेको २७ बुँदे कृषि प्रतिबद्धता लागू गर्न तथा कृषकलाई पेन्सन दिने योजनालाई कार्यान्वायन गर्न आफू कटिबद्ध रहेको बताउनुभयो ।

सहकारीले कमर्सियल एग्रिकल्चर एलाइन्स र पोष्टहार्भेष्ट निर्देशनालयको ३८ लाखसहित ५० लाख ५९ हजारको लागतमा उक्त उद्योग स्थापना गरेको सहकारीका अध्यक्ष गोपाल भट्टराईले जानकारी दिनुभयो । सहकारीले अदुवाको धुलो, बेसारको धुलो, मिक्स मसला, आलुचिप्स उत्पादन सुुरु गरेको छ ।