अभाव नघटेपछि ग्यासको कोटा साढे ७ हजार टन बढाइयो

Posted on: May 02, 2016 | views: 220

१७ बैशाख, काठमाडौं ।
इन्डियन आयल कर्पोरेशन ९आईओसी०बाट नेपालले पाउने ग्यसको कोटामा वृद्धि भएको छ ।

२९ हजार ४१६ मेट्रिकटन मासिक कोटालाई बढाएर अब ३७ हजार मेट्रिकटन कायम भएको आजको कारोबार दैनिकमा समाचार छ ।

नेपाल आयल निगम र आइओसीबीच यसै साता भारतमा भएको वार्तामा ग्यासको कोटा बढाउने सहमति भएको हो ।  नेपालले बैरीनिबाट १३ हजार, हल्दिया १७ हजार र मधुराबाट ७ हजार मेट्रिकटन ग्यास आयत गर्न पाउनेछ ।

भूकम्प र नाकाबन्दीपछि सबैभन्दा धेरै र्मा महिनामा ३० हजार मेट्रिकटन ग्यास आयात भएको थियो । ३३ हजार मेट्रिकटन ग्यासको प्रडक्ट डेलिभरी अर्डर जारी गर्दा ३० हजार मेट्रिक टन ग्यास आपूर्ति भएको थिया ।