जडीबुटी प्रशोधन केन्द्रको जग्गा बेचेर कर्मचारीलाई उपदान

Posted on: May 02, 2016 | views: 215

काठमाडौं,बैशाख  १६ । भक्तपुररको सीमा क्षेत्र एउटा कम्पनीको नामले स्थापित छ( जडीबुटी । पूर्वनेपाल जाने अधिकांश सवारी साधन रोक्नमात्र नभई बसोबासका लागि पनि उपयुक्त थलो बनेको छ यो । तर, कम्पनीकै कारण यो ठाउँको ख्याति जति चुलिँदैछ, त्यसविपरीत कम्पनीको अधोगति पनि त्यही रफ्तारमा भइरहेको आजको कारोबार दैनिकमा समाचार छ ।

सरकारी स्वामित्वको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले वित्तीय अवस्था बिग्रिएपछि जग्गा बेचर कर्मचारीलाई अपदान वितरण गरेको छ । कम्पनीले कोटेश्वरमा रहेको १३ रोपनी १४ आना जग्गा उपत्यका विकास प्राधिकरणलाई ५७ करोड ३२ लाख मा बिक्री गरी कर्मचारीलाई उपदान दिएको छ ।

सरकारी संस्थान र कर्मचारीको काम नगर्ने तर राजनीतिमा लिप्त रहने प्रवृत्तिबाट यो कम्पनी पनि अछुतो छैन । जडीबुटी क्षेत्रमा डाबरजस्ता बहुराष्ट्रिय कमपनी र निजी क्षेत्रको ठूलो लगानी भित्रिरहे पनि सरकारी भएकैले यो कम्पनीको प्रतिस्पर्धात्मक क्षमता दिनहुँ खस्कदो छ ।