सुनचाँदी पक्रेर अनियमितता गर्ने असई सहित दुई जना निलम्बित

Posted on: May 02, 2016 | views: 253

१५ बैशाख, काठमाडौं ।
सप्तरी जिल्लामा व्यापारीको सुन पक्राउ गरी अनियमितता गरेको आरोपमा दुई प्रहरीलाई निलम्बन गरेको छ । सो कार्य संलग्न रहेका अन्यलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ ।

पूर्वाञ्चलका प्रहरी नायव महानिरीक्षक केशरीराज घिमिरेले सप्तरीका प्रहरी सहायक निरीक्षक रामजी चौधरी र प्रहरी जवान ललित झालाई निलम्वन गरेको हो ।

सुनचाँदी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरी जवानहरु पप्पु यादव र चन्दन यादवलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको जनाएको छ ।

यसैगरी प्रहरी जवानहरु प्रदिप मधुवन र मोती पटेललाई काज फिर्ता गरिएको छ । उनीहरु विगत लामो समयदेखि घुमुवा प्रहरीको रुपमा कार्यरत रहँदैआएका छन् ।

गत वैशाख ६ गते लहान स्थित विकास ट्रेडर्सबाट २० भरी सुन, पाँच केजी चाँदी र ११ थान सुनको सिक्री राजविराज नपा–५ स्थित रुपनी मोडबाट घुमुवा प्रहरीले पक्राउ गरेका थियो ।