वर्दियामा कृषकलाई ४ करोड ६७ लाख आठ हजार अनुदान

Posted on: May 02, 2016 | views: 270

१५ बैशाख, बर्दिया ।
सरकारले वाली विकास कार्यक्रमका लागि वर्दिया जिल्लामा  कृषकलाई ४ करोड ६७लाख आठ हजार अनुदानको व्यवस्था गरेको छ । कृषकलाई प्रोत्साहनस्वरुप सानोसहयोगका रुपमाम अनुदान कृषकलाई ४ करोड ६७ लाख आठ हजार दिन लागिएकोहो ।

विभिन्न आयोजनाअन्तर्गत वीउ वितरण, फार्म, मेसिनरी,कृषक पाठशालालगायतविविध क्रियाकलापमा अनुदान रकम खर्च भइरहेको जिल्ला कृषि विकास कार्यालयकाप्रमुख प्रशुराम रावतले जानकारी दिनुभयो  ।

राष्ट्रिय औद्योगिक वाली विकासको केन्द्रिय कार्यक्रमअन्तर्गत अभियानमुखी तेलहन वाली उत्पादन आयोजना सञ्चालन गरिएको छ । आयोजनाको पकेट क्षेत्रका रुपमा राजापुर, पदनाहा ,सानोश्री, ताराताल,वानीयाभार र वगनाहा गाविसमा ४सय हेक्टरमा वीउ प्रतिस्ठान,३सय हेक्टर क्षेत्रविस्तार र ४०हेक्टरमा ५० प्रतिशत अनुदान दिने भएकोले ३ महिनामै नगद आर्जन गर्न सकिने हुदाँ कृषकहरुको आकर्षण वढ्दो छ ।

त्यसैगरी अभियानमुखी मसुरो प्रवद्र्धन कार्यक्रम पकेट क्षेत्रका रुपमा रहेको सानोश्री र ताराताल गाविसमा १ सय ५० हेक्टरमा र महम्दपुर,कालिका,मैनापोखर र जमुनीमा ९० हेकटरमा उन्नत जातको वीउ,स्पेयर्स पार्टस, र मसुरो ग्र्डर यन्त्रमा ५० प्रतिशत अनुदानको व्यवस्था गरिएको जिल्ला कृषि विकास कार्याल, वर्दियाले जनाएको छ ।

वर्दियामा गत वर्ष १७ हजार ७ सय हेक्टरमा मसुरो लगाएकोमा ०।५ मेट्रिकटन प्रतिहेक्टर उत्पादन भएको थियो भने यस वर्ष १८ हजार हेक्टरमा पुयाउने लक्ष्य कृषिविकास कार्यालयको रहेको छ ।