प्रहरीलाई पोसाक किन्न पैसा दिने नयाँ प्रस्ताव

Posted on: May 02, 2016 | views: 273

१३ बैशाख, काठमाडौं ।
नेपाल प्रहरीले आफ्नो कर्मचारीलाई पोसाकको सट्टा नगद नै दिने प्रस्ताव गरेको छ ।
 
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले शनिवार अर्थ मन्त्रालयका अधिकारीहरुसँगको छलफलमा यस्तो प्रस्ताव गरेका हुन्।
 
पोसाक खरिदमा सधैँ विवाद हुने, विभिन्न समस्याका कारण समयमा किन्न पनि नसकिने भएकाले प्रहरीलाई नगद नै दिने र उनीहरुले नै संगठनले तोकेको डिजाइन र गुणस्तरको पोसाक खरिद गर्ने प्रस्ताव अर्यालले गरेका हुन्।
 
अर्थ मन्त्रालय पनि यसमा सकारात्मक छ। आगामी आर्थिक वर्षदेखि नै लागू हुने गरी पोसााक भत्ता दिने प्रस्ताव प्रहरीको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ।