ओलीको बोली मात्रै ! पुनर्निर्माणमा बल्ल २ प्रतिशत रकम खर्च

Posted on: May 02, 2016 | views: 192

१२ बैशाख, काठमाडौं ।
भूकम्प गएको एक वर्ष बित्दासमेत पुनर्निर्माणका लागि आवश्यक रकमको २ प्रतिशत पनि खर्च हुन सकेको छैन। कान्तिपुर दैनिकमा समाचार छ।
 
९ महिनासम्म राजनीतिक किचलोले पुनर्निर्माण विधेयक जारी हुन नसकेको र प्राधिकरण गठन भइसके पनि पुनर्निर्माणले तीव्रता पाउन नसकेपछि २ प्रतिशत रकमसमेत खर्च हुन नसकेको हो।
 
पुनर्निर्माण प्राधिकरणले सार्वजनिक गर्न तयार पारेको विपदपछिको आवश्यकता तथा पञ्चवर्षीय ढाँचाअनुसार समग्र पुनर्निर्माणका लागि ८ अर्ब रुपैयाँ आबश्यक पर्छ। जुन चालु आर्थिक वर्षमा खर्च भइरहेको र हुने रकमसहितको हो।
 
तर हालसम्म २१ अर्ब ५३ करोड रुपैयाँमात्रै खर्च भइसकेको छ। विनियोजित उक्त रकम जम्मा आवश्यक ८ अर्ब रुपैयाँको करिब २ दशमलब ६९ प्रतिशतमात्रै हो।