आँटे संभव छ । इलाममा मात्रै डेढ अर्बको अदुवा उत्पादन

Posted on: May 02, 2016 | views: 224

१२ बैशाख, इलाम ।
इलाम जिल्लामा यस वर्ष डेढ अर्ब रु मूल्य बराबरको अदुवा उत्पादन भएको छ ।

जिल्लामा यस वर्ष ११ लाख ४९ हजार ८५० मन '४० किलोको एक मन' अदुवा उत्पादन भई प्रतिमन रु एक हजार तीन सय ५० ले बिक्री भएको छ ।

अदुवा बिक्रीबाट रु एक अर्ब ५५ करोड २२ लाख ९७ हजार ५०० भित्रिएको जिल्ला कृषि विकास कार्यालय इलामले जनाएको छ ।

चौंसाठी हजार पाँच घरघुरी रहेको इलाममा ३२ प्रतिशत परिवारले अदुवा खेती गर्दै आएको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी प्रकाशमणि काफ्लेले बताउनुभयो ।

गत वर्षको तुलनामा एक सय मेट्रिक टन अदुवा उत्पादन वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यो वर्ष प्रतिहेक्टर १४ मेट्रिक टन अदुवा उत्पादन भएको थियो ।