विद्युत गडबडीले उद्योगहरु मारमा

Posted on: May 02, 2016 | views: 192

१२ बैशाख, चितवन ।
चितवनको औद्योगिक फिडरमा लाइनको अनियमितताले उद्योग सञ्चालक समस्यामा परेका छन् ।

आलोपालो गरेर उद्योग चलाउँदा समेत समस्या समाधान नभएपछि भरतपुरको सवस्टेसनदेखि पोखरा बसपार्क हुँदै मङ्गलपुरसम्म रहेका १०५ ठूला उद्योगमा समस्या परेको व्यवसायीले बताएका छन् ।

औद्योगिक फिडरमा प्रयोग भएको तारको मोटाइ सानो भएर तीव्र विद्यत् भारका कारण तार चुड्ने र भोल्टेज घटबढ हुने समस्या भए पछि उद्योगी मारमा परेको चितवन प्लास्टिक उद्योग व्यवसायी सङ्घका अध्यक्ष डिल्लीराम सापकोटाले बताउनुभयो ।

औद्योगिक फिडर आन्तरिक व्यवस्थापन तथा अनुगमन समितिका संयोजक अरुणकुमार पियाले दैनिक आठ घन्टा विद्युत् आउँदा २६ पटकसम्म बिजुली आउने जाने गरेको र ठूला उद्योगमा पटकपटक लाइन काटिँदा धेरै क्षति हुने गरेको बताउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले नेपालमा पर्यटनको विकासका लागि पूर्वाधार, सुरक्षा र गुणस्तरीय सेवामा लागि सरकारले काम गरिरहेको बताउनु भएको छ ।

दोलखाली पत्रकार समाजले शनिवार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा नेपालको पर्यटनको विकासका लागि पूर्वाधार, सुरक्षा र गुणस्तरीय सेवाका लागि सरकारले काम गरिरहेको र आगामी दिनमा यसलाई थप सुधार गर्दै लैजाने तयारी भएको जानकारी दिनुभयो ।