गत बर्ष सिटिजन्स बैंक इन्टरनेसनलले ७२ करोड कमायो

Posted on: May 03, 2016 | views: 243

८ बैशाख, काठमाडौं ।

सिटिजन्स बैंक इन्टरनेसनलले गत आर्थिक वर्ष २०७२÷७३ मा ७२ करोड ४७ लाख रुपियाँ खुद मुनाफा आर्जन गरेको जनाएको छ ।

बैंकले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बैैंकका अध्यक्ष शङ्करप्रसाद शर्माले बैंकले गत आर्थिक वर्षमा विभिन्न एक हजार १५४ वटा साना तथा मझौला उद्योगमा ५ अर्ब रुपियाँ लगानी गरेको जानकारी दिनुभयो ।