खिम्ती–ढल्केबर विद्युत प्रसारण लाइन निर्माण कार्य तीब्र

Posted on: May 03, 2016 | views: 271

८ बैशाख, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणले खिम्ती–ढल्केबर विद्युत प्रसारण लाइनको निर्माण कार्य तीब्र गतिमा भइरहेको जनाएको छ ।

स्थानीय अवरोधका कारण विगत १० वर्षदेखि अवरुद्ध रहँदै आएको खिम्ती–ढल्केबर विद्युत प्रसारण लाइनको निर्माण कार्य प्राधिकरणको पहलमा शुरु भएको र अबको चार महिनाभित्र निर्माण कार्य सम्पन्न हुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले जानकारी दिनुभयो ।

खिम्ती–ढल्केबर विद्युत प्रसारण लाइन निर्माण भएपछि माथिल्लो तामाकोशी विद्युत आयोजनाबाट उत्पादन हुने र भारतबाट आयात गरिने विद्युत काठमाडौं उपत्यकामा ल्याउन सहज हुने कार्यकारी निर्देशक काफ्लेले बताउनुभयो ।

यसैबीच, नेपाल विद्युत प्राधिकरणले हाल कालीगण्डकी नदीको पानीको बहावमा सुधार आएका कारण लोड सेडिङ अनौपचारिक रुपमा दैनिक डेढदेखि दुई घण्टासम्मले कम गरिएको जनाएको छ ।