उपाभोक्ता ठगेर १० पेट्रोलपम्प सञ्चालक भागे

Posted on: May 02, 2016 | views: 214

५ बैशाख, काठमाडौं ।
पेट्रोलियम पदार्थ विक्री गर्दा परिमाणमा उपभोक्ता ठग्ने १० पेट्रोल पम्पका सञ्चालक अझै कानुनी दायरमा आएका छैनन्। नागरिक दैनिकमा समाचार छ।
 
ठगीमा पाँच महिनाअघि मुद्दा चलाइएका २३ सञ्चालकमध्ये १२ पुर्पक्ष थुनामा छन् भने एक जना शुक्रबार धरौटीमा छुटेका छन्।
 
भारतले नाकाबन्दी लगाएका बेला नोजल बिगारेर मापदण्ड भन्दा कम पेट्रोल, डिजेल बेच्दै उपभोक्ता लुट्ने २३ पम्प सिल गरी कारबाही अघि बढाएको थियो।
 
ती पम्पले सय लिगटर डिजेल, पेट्रोल बेच्दा ९६ लिटरमात्र उपभोक्ताले पाउने गरी प्राविधिक सेटिङ मिलाएको प्रमाण फेला परेपछि प्रहरीले गत मंसिरमै उनीहरुविरद्ध अदालतमा ठगी मुद्दाा दायर गरेको थियो।
 
उपभोक्ता ठगिएको गुनासो आएपछि प्रहरीले छापा मार्दा प्रत्येक पटक पेट्रोलियम पदार्थ भर्दा सवारीसाधनलाई थोरै दिएर लाखौं रकम ठगेको प्रमाण भेटिएको थियो ।