फटाहा कम्पनी मुक्तिनाथ कृषि कम्पनीलाई कारबाहीबाट जोगाइयो

Posted on: January 20, 2021 | views: 1026


काठमाडौ । ठेक्का हत्याएर तोकिएकै समयमा रासायनिक मल नल्याउने मुक्तिनाथ कृषि कम्पनीलाई सरकारी पक्षबाट बचाउ भएको पाइएको छ । यसअघि कारबाहीको लागी पठाइएको भर्निपनि कारबाही नगर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नीतिगत निर्णय गरेको खुलासा भएको हो । 

मल नल्याउने ठेकदार विरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका तत्कालीन कृषिमन्त्री घनश्याम भुसाल मन्त्रालयबाट बाहिरिएसगैँ अहिले ठेकदार जोगाउन मन्त्रालय लागेको पाइएको हो । गएको पुस १४ गते मन्त्रालयका सचिव डा. योगेन्द्र कार्कीको संयोजकत्वमा बसेको बैठकले मुक्तिनाथ कृषि कम्पनी लिमिटेडलाई तत्काल कारबाही नगर्न र समय  नतोकी चाहिने जति नै म्याद थप्न थर्न निर्णय भएको पाइएको छ । 

मल खरिद सम्बन्धी मन्त्रालयको नीतिगत निर्देशक समितिमा बाह्य मानिसको उपस्थिति राख्न नपाइने भए पनि मुक्तिनाथ जोगाउने निर्णय मुक्तिनाथकै प्रतिनिधि राखेर चलखेल भएको पाइएको छ । मुक्तिनाथलाई कारबाही रोकेपछि त्यसैको जगमा टेकेर शैलुङ र होनीको कम्पनीलाई पनि सफाइ दिने नियतसाथ मन्त्रालय लागेको पाईएको छ । 

गएको मंसिर १८ गते मल ल्याउने म्याद सकिएको मुक्तिनाथ कृषि कम्पनीलाई पुष १४ सम्म मन्त्रालयकै दबाबले कारबाही रोकिएको र अझै कारबाही नगर्न मन्त्रालयले निर्णय गरेको थियो । तर, कारबाही नगर्न मन्त्रालयको दबाबका बीचपनि पुस २७ गते कृषि सामाग्री कम्पनी लिमिटेडले मुक्तिनाथ र शैलुङ इन्रप्राइजेजसँगको मल खरिद सम्झौता रद्ध गर्दै धरौटी जफत गर्नेसम्मको निर्णय गरेको थियो ।