आयल निगम अनधिकृत पेट्रोल पम्पलाई तेल बाँड्दै

Posted on: May 02, 2016 | views: 242

७ फागुन, काठमाडौं ।
इन्धन कालोबजारीमा सघाएको भन्दै विवादमा तानिएको नेपाल आयल निगमले अबैध पम्पलाई तेल दिइरहेको खुलेको छ ।
 
अघोषित नाकाबन्दीपछि पाँच महिना यता बिना दर्ता सञ्चालनमा रहेको कीर्तिपुरस्थित आरती सप्लायर्सलाई निगमले तेल उपलब्ध गराउँदै आएको खुलासा भएको हो।
 
महानगरीय प्रहरी अपराध महाशाखाले बुधवार पम्प सञ्चालक दिनेश महर्जनलाई पक्राउ गरेपछि इन्धन कालोबजारीमा निगम पदाधिकारीको मिलेमतो छर्लंग भएको छ।
 
महर्जनमाथि अबैध प्रक्रियामार्फत भित्र्याएको तेल घरमा भण्डारण गरी नोजल नै राखेर महंगो मूल्यमा बेचेको अभियोग छ ।

प्रहरीले उनको घरबाट कालोबजारी गर्न राखिएको १५ सय लिटर पेट्रोलसमेत बरामद गरेको नागरिक दैनिकमा समाचार छ।