जिविकाेपार्जन पुर्नस्थापना सम्बन्धि सल्लाहकार समितिकाे बैठक सम्पन्न

Posted on: April 23, 2019 | views: 1307


विदुर । नुवाकोटको किस्पाङ गाउँ पालिकाकाे वडा नं २ र ५ मा चलिरहेको भूकम्प प्रभावित समुदायको लागि जिविकाेपार्जन पुनःस्थापना कार्यक्रम सम्बन्धि स्थानीय परियोजना सल्लाहकार  समितिकाे बैठक मंगलबार विदुरमा सम्पन्न भएकाे छ ।

'वल्ड रिन्यु' सँगकाे साझेदारीमा नारी जागरण समाज मार्फत चलिरहेकाे जिविकाेपार्जन पुनःस्थापन कार्यक्रम सम्बन्धि जानकारी दिन अायाेजित बैठकमा किस्पाङ गाउपालिका अध्यक्ष छत्रबहादुर लामाले पुर्ननिर्माणमा पाएकाे जस्ताे उपलब्धि जिविकाेपार्जनमा कठिनाइ भइरहेकाले सबै पक्षकाे सहकार्यबाट सफल बनाउनु सबैकाे जिम्मेवारी रहेकाे बताउनुभयाे । उहाँले किसानलाइ परम्परागत तथा निर्बाहमुखी खेती हटाएर ब्यबसायिक तथा अाधुनिक खेतिमा अाबद्व गराउन सक्नुपर्नेमा जाेड दिनुभयाे । अध्यक्ष लामाले गाउपालिकामा विषयगत शाखा भएपनि जनशक्ति अभाव र त्यसमा विज्ञ कर्मचारी पाउनै गाह्राे भएकाले जनतालाइ गुणस्तरीय सेवा दिन चाहेरपनि नसकेकाले सघसँस्थाहरुले चलाएकाे कार्यक्रमले केही राहत महशुस गरेकाे बताउनुभयाे । जिविकाेपार्जनकाे लागि तरबारि खेतिकाे लागि टनेल निर्माण लगायतमा सामाजिक सँस्थाहरुसग गाउँपालिकाले पनि केही बजेट छुट्टयाइएको जानकारी दिनुभयाे ।

कार्यक्रममा किस्पाङ गाउपालिका वडा २ का वडाअध्यक्ष देवनाथ भट्टले विद्युतीय चुलाे वितरणकाे लक्ष्य ताेकिएकाे लक्षित समूह ६४७ परिवारलाइ नै समेट्न सुझाव दिनुभयाे । उहाले विभिन्न विराेधकाबीच यसअघि मनकामनाकाे साविक वडा४, ६ र ७ निर्माण गरेकाे निजी निवास (भवन) जिल्लाकै नमूना रहेकाले जिविकाेपार्जन कार्यक्रम पनि त्यही अनुसार बनाउनकाे लागि सहयोगमा प्रतिबद्धता जनाउनुभयाे ।

वडा नं ५ का वडाअध्यक्ष नरहरी भट्टले भूकम्पले पुर्याएकाे क्षतिकाे अावास पुर्ननिर्माणमा पुर्याएकाे सहयोग राम्रो भएकाले अहिले भइरहेकाे कार्यक्रम पनि प्रभावकारी बनाउन सुझाव दिनुभयाे । उहाले तालिम लगायतबाट उपलब्धि हासिल गर्नतर्फ लाग्न र त्यसमा जनप्रतिनिधिकाे समेत संलग्नता रहने व्यवस्था मिलाउन अाग्रह गर्नुभयाे ।

कृषि ज्ञान केन्द्रका प्रमुख केशब खनालले कृत्रिम गर्भाधान, बीउ वितरण, कृषि प्रदर्शनी लगायका कार्यक्रममा स्थानीयतह र जिल्ला स्थित विषयगत कार्यालयसंग साझेदारी गर्न सुझाब दिनुभयाे ।

'वल्ड रिन्यु'का कार्यक्रम संयाेजक भगेन्द्र खत्रीले स्थानीय सरकार एंव जनप्रतिनिधिसग साझेदार र सहकार्यबाटै अघि बढाइरहेकाे जानकारी गराउनुभयाे ।

सल्लाहकार समितिकाे बैठकका सभापति समेत रहनुभएका नारी जागरण समाजका अध्यक्ष रमा तामाङले महिला सशक्तीकरणकाे लागि स्थापना भएका सँस्थाले पहिलाे अवसरकाे पाएकाे अावास निर्माण कार्यक्रम उत्कृष्ट भएकाले हाल चलिरहेको जिविकाेपार्जन कार्यक्रम पनि सबैसँगकाे सहकार्यले सफल बनाउने बताउनुभयाे ।

कार्यक्रममा समाजका उपाध्यक्ष शान्ता खनालले सञ्चालित कार्यक्रममा भूकम्प पीडितकाे अार्थिक रुपमा सबल बनाउन केन्द्रित रहेकाे बताउनुभयाे भने जिविकाेपार्जन पुनःस्थापन कार्यक्रमका कार्यक्रम संयाेजक मधुसुदन पाैडेलले कार्यक्रम ताेकिएकाे अबधिमा सफल रुपमा पूरा गर्न प्रतिबद्ध भएर लागिरहेको बताउनुभयाे ।

'वल्ड रिन्यु'संगकाे साझेदारीमा उक्त कार्यक्रम सन् २०१८ नाेबेम्बरबाट सुरु गरेर सन् २०१९ अम्टुबरसम्म चल्ने छ । उक्त कार्यक्रममा सामाजिक परिचालन, कृषि, जिविकाेपार्जन, सहायता सामाग्री क्षमता बृद्वि लगायतकाे लागि रू ३ कराेड ९६ लाख ७५ हजार ९९० रहेकाे बताइएकाे छ ।

समाजले यसअघि सम्पन्न गरिसकेकाे अावास पुर्निमार्माण कार्यक्रम  अन्तरत काहुले र डेउडीमा रु ६८ लाख बराबरको दुई वटा सामुदायिक भवन समेत थप कार्यक्रमकाे रुपमा निर्माण गर्न लागिरहेकाे जनाएकाे छ ।