महागढीमाई नगरपालिकामा ४५ करोड ८० लाख ८७ हजार बजेट सार्वजनिक

Posted on: December 29, 2017 | views: 457
बारा ।
महागढीमाई गनरपालिकाको आर्थिक बर्ष २०७४/७५ को बजेट तथा निति कार्यक्रम शुक्रवार सम्पन्न गरेका  छन् ।

उपप्रमुख तारदेवी कानुले ४५ करोड ८० लाख ८७ हजार ६ सय २५ रुपैयाको बजेट प्रस्तुत गरेकी थिईन् ।

चालुतर्फबाट २२ करोड २४ लाख ३६ हजार प्रस्ताव गरिएको छ भने पुंजीगत तर्फ २३ करोड ५६ लाख ५१ हजार ६ सय २५ रुपैया बिनियोज गरिएको नगर प्रमुख उपेन्द्र यादवले जानकारी दिनु भयो  ।

कृर्षि तर्फ १ करोड २ लाख ९६ हजार, शिक्षा तर्फ ८ करोड ८६ लाख ८२ हजार , खानेपानी तथा सरसफाई तिर ५० लाख, स्वास्थय तिर ३ करोड २० लाख ४७ हजार, सास्कृति प्रवर्धन र सम्वर्धनतिर ४५ लाख, खेलकुद तथा मनोरंजन तर्फ १५ लाख, लैगिक समान्ता तथा समाजिक समावेशीकरण ६० लाख, सडक तर्फ ४ करोड ८९ लाख, सिचाई तर्फ ६१ लाख, बिपत व्यवस्थापन तिर ३० लाख , सडक, बती तथा उर्जातिर ४० लाख र ११ वडामा ४० लाखको दरले बिकासका लागि बजेट छुटयाइएको नगर प्रमुख यादवले बताए ।

महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र यादवको अध्यषतामा सम्पन्न सो नगरपरिषदमा सल्लाहकार भैयाराम यादव, विभिन्न राजनीतिक दलका प्रतिनिधीहरु, लगायतकाले आ–आफनो बिचार ब्यतm गरेका थिए ।