लोपोन्मुख समुदायको लागि १२ हजार घर हस्तान्तरण

Posted on: December 29, 2017 | views: 242
काठमाडौं । आर्थिक रुपले विपन्न, लोपोन्मुख, दलित, सीमान्तकृत जाति र समुदायलाई आवासको व्यवस्था गर्न सरकारले हालसम्म १२ हजार १ सय ९९ घर निर्माण गरेको छ । शहरी विकास मन्त्रालयले पत्रकार सम्मेलन मार्फत् विपन्न तथा लोपोन्मुख समुदायको लागि आर्थिक वर्ष २०६६–६७ देखि हालसम्म १२ हजार १ सय ९९ आवास निर्माण गरेको जानकारी दिनुभयो । आर्थिक रुपले विपन्न नागरिकलाई आवासमा विशेष अवसर तथा लाभ उपलब्ध गराई ती नागरिकको सशक्तीकरण र विकासको लागि काठमाडौं उपत्यकाका ३ जिल्ला बाहेक ७२ जिल्लामा जनता आवास कार्यक्रम मार्फत् करिब ४६ हजार आवास निर्माण भइरहेको शहरी विकास मन्त्रालयका प्रवक्ता शम्भु केसीले जानकारी दिनुभयो ।