फुटपाथे व्यसायीलाई करको दायरामा ल्याउन माग

Posted on: December 26, 2017 | views: 169
दमक । फुटपाथमा कपडा बेच्नेहरुको भीड बढेको भन्दै तिनीहरुलाई करको दायरामा ल्याउन थान कपडा ब्यवसायी संघले दमक उधोग वाणिज्य संघलाई अनुरोध गरेको छ । दमक थान कपडा ब्यवसायी संघले ज्ञापन पत्र बुझाएर जतासुकै ब्यापार गरी हिड्ने ब्यापारीलाई करको दायरामा ल्याउन वाणिज्य संघलाई आग्रह गरेको हो । वाणिज्य संघका कार्यवाहक अध्यक्ष विमल खतिवडालाई बस्तुगत संघ मध्येको थान कपडा संघका अध्यक्ष लक्ष्मण श्रेष्ठको टोलीले आज ज्ञापन पत्र बुझाएर वाणिज्य संघलाई ध्याकर्षण गराएको छ । साइकल र हातमा कपडा बोकेर बेची हिड्ने ब्यापारी दमकमा बढेपछि स्यायी रुपमा पान र भ्याट तिरेर ब्यापार गरी रहेका थानकपडा ब्यवसायी विस्थापित हुने अवस्था आएको बताउदै अध्यक्ष श्रेष्ठले समस्या दर्साउनु भयो । वाणिज्य संघले सरकारी कार्यालयसंग समन्वय गरी पूर्वको नाका झापाको काकरभिटा र मोरङ्गको विराटनगर स्थित जोगवनीमा समेत खुल्ला रुपमा कपडाका समान ल्याउनेलाई करको दायरामा ल्याउनु पर्ने अध्यक्ष श्रेष्ठको सुझाव छ । यदी नाकाहरु खुल्ला छोड्ने र फुतपाथमा ब्यापार गरी हिड्ने ब्यापारीलाई वाणिज्य संघ र सरकारले पान वा भ्याटको दायरामा नल्याउने हो भन्ने दमकका धेरै थान कपडा ब्यवसायी यो पेशाबाट विस्थापित हुने भन्दै उहाँले गुनासो गर्नु भयो । वाणिज्य संघका कार्यवाहक अध्यक्ष खतिवडाले ज्ञापन पत्र बुझी सकेपछि थान कपडा ब्यवसायीको समस्या प्रति गम्भीर भएर अघि बढ्ने र चाँडो यसको सामधान खोज्ने आश्वसन दिनु भयो । सामाजिक कार्य र विवाहको बहानामा भन्सार नतिरी खुलखुल्ला ढंगले ल्याउन गर्दा सरकारलाई पनि आउने सबै खाले कर पनि खेर गएको ज्ञापन पत्रमा उल्लेख छ । दमकमा १५ लाख देखि एक करोड सम्मको ब्यापार गर्ने थान कपडा ब्यवासायी रहेको संघले जनाएको छ बस्तुगत संघमा दर्ता भएका ४५ वटा थान कपडाका ब्यवासायी भए पनि दर्तामा नआएका एक सय बढीको हाराहारीका ब्यापारीहरु रहेको बताइएको छ ।