कन्काई नदीमा तटबन्ध निर्माण शुरु

Posted on: December 23, 2017 | views: 90
झापा । झापाको कन्काई नदीमा तटबन्ध निर्माण कार्य शुरु भएको छ । वर्षेनी कन्काई नदीको कटान र डुबानका समस्याले आजित बनेका स्थानीयबासी तटबन्ध निर्माण शुरु भएपछि हर्षित भएका छन् । शिवसतासीधाम–७ स्थित चन्द्रडाँगी पूर्व र ५ को भेलामुनिमा ५ करोड रुपैयाँको लागतमा तटबन्ध निर्माणको काम भइरहेको छ । कन्काईले वर्षेनी कैंयौं बिगाहा जमिन कटान गर्ने गरेको छ भने सयौं घर डुबान र बाढीले बगाउँदा मानवीय क्षति समेत हुने गरेको छ ।