खोटाङका दश वटै स्थानीय तह सडक सञ्जालमा जोडिए

Posted on: December 23, 2017 | views: 53
खोटाङ । खोटाङ जिल्लाका दशवटै स्थानीय तह सदरमुकाम दिक्तेलसँग सडक सञ्जालमा जोडिएका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका सबै स्थानीय तह दिक्तेलसम्मको सिधा सडक सञ्जालमा जोडिएका हुन् । यातायात सेवा नहुँदा यसअघि जिल्लाको उत्तरी र दक्षिणी क्षेत्रका स्थानीय ३ दिनसम्मको पैदल यात्रापछि सदरमुकाम आउने गरेका थिए । गत मंसीर ८ गतेदेखि दूधकोशीस्थित जयरामघाटमा निर्माण गरिएको पक्की पूल सञ्चालनमा आएपछि खोटाङ, राजधानी काठमाडौं लगायत अन्य जिल्लासँग सिधा सडक सञ्जालमा जोडिएको हो । मध्यपहाडी लोकमार्गमा गर्ने दिक्तेल–हलेसी र दिक्तेल–चखेवा सडक खण्डमा अहिले कालोपत्रे गर्ने काम भइरहेको छ ।