धनकुटामा ५ प्रतिशत धान उत्पादनमा बृद्धि

Posted on: December 22, 2017 | views: 133

धनकुटा ।

धनकुटामा यो वर्ष वर्खे धान उत्पादनमा ५ प्रतिशतले वृद्धि भएको छ ।

जिल्ला कृषि बिकास कार्यालयका अनुसार गत बर्ष २७ हजार २० मेट्रिक टन धान उत्पादन भएको धनकुटामा यो वर्ष २८ हजार ४ सय मेिट्रक टन धान उत्पादन भएको छ ।

हाल धनकुटामा ७ हजार ८ सय २० हेक्टर क्षेत्रफलमा बर्खे धान खेती हुने कार्यालयको तथ्यांक छ ।