कुलमान घिसिङले भने-'लोडसेडिङ हुँदैन'

Posted on: December 22, 2017 | views: 104

काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरणले प्राविधिक समस्या बाहेक कुनै पनि अवस्थामा विद्युतभार कटौती नहुने स्पष्ट पारेको छ । 

विगत केही दिनदेखि विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा विद्युतभार कटौती हुने आशयका समाचार सार्वजनिक भएपछि प्राधिकरणले विद्युत भार कटौती नहुने प्रष्ट पारेको हो । 

हाल औद्योगिक ग्राहकलाई दैनिक ३ घण्टा बाहेक अन्य ग्राहकलाई घोषित–अघोषित रुपमा कुनै प्रकारको विद्युतभार कटौती नभएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । 

प्राविधिक समस्याका कारण कहीँ कतै केही समय विद्युत् आपूर्तिमा अवरोध आएको भए पनि विद्यतभार कटौती नहुने निर्देशक घिसिङले  बताउनुभयो ।