पुस दोस्रो साता जाजरकोट महोत्सव हुने

Posted on: December 18, 2017 | views: 134

जाजरकोट ।

आगामी पुस दोस्रो साता दोस्रो जाजरकोट महोत्सवको आयोजना हुने भएको छ । जिल्लाको कला, संस्कृति, पर्यटन, कृषि उत्पादन लगाएत प्रचार प्रसार तथा प्रबद्धृन गर्ने उद्देश्यले उक्त महोत्सवको आयोजना हुने भएको हो । 

   उद्योग वाणिज्य संघ जाजरकोटको आयोजनामा आउ“दो पुस १२ देखि १६ गते सम्म महोत्सव संचालन हुने अध्यक्ष कर्णबहादुर खत्रीले बताउनु भयो । महोत्सबको सह आयोजक भेरी नगरपालिका लगाएत स्थानीय निकाय र अन्य संघ संस्था रहेको छन ।

  सदरमुकाम खलंगा स्थित त्रिभुवन माध्यामिक विद्यालयको प्राङ्गनमा आयोजना हुने महोत्सवलाई कृषि पर्यटन तथा व्यापार मेलाको रुपमा पनि संचालन गर्न लागेको हो ।

पर्यटन, उद्योग, कृषि तथा व्यवशायको प्रचार प्रसार गरी यसको दिगो विकासका लागि महोत्सव महत्वपूर्ण हुने छ । मेला कृषि उत्पादनको प्रदर्शनीका लागि निशुल्क स्टलको ब्यबस्था गरीएको छ । 

  ५ दिनसम्म संचालन हुने महोत्सवमा ५० हजार दर्शकको सहभागिता हुने अध्यक्ष खत्रीले बताउनु भयो । महोत्सवमा स्थानीय उत्पादन, बहुमुल्य पत्थर, घरेलु उत्पादन, फोटो लगाएत प्रदर्शनी गरीने छ ।

मेलामा सांस्कृतिक तथा पौराणिक झा“की, स्थानीय कला र संस्कृति झल्काउने नाचगानहरुको प्रस्तुती पनि गरीने छ । मेला महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुले मनोरन्जन प्रदान गर्नेछन् ।