बुधबार कुन-कुन पम्पबाट निजी मोटरसाइकलले पेट्रोल पाउँछन् ? (सूची हेर्नुस्)

Posted on: May 02, 2016 | views: 227

काठमाडौं । काठमाडौं उपत्यका र अासपासका क्षेत्रमा बुधबार ५७ वटा पम्पबाट निजी मोटरसाइकल तथा स्कुटरलाई पेट्रोल वितरण हुने भएको छ ।
भोलि बुधबार १ देखि ३० लटका मोटरसाइकलले तेल भर्न पाउनेछन् । भोलि झण्डै ३ लाख लिटर पेट्रोल वितरण हुने नेपाल आयल निगमले जनाएको छ । बुधबारदेखि तीन दिन मोटरसाइकललाई पेट्रोल वितरण हुनेछ ।

भोलिका लागि आज बेलुकी नै पम्पहरुमा तेल पुर्‍याइने आयल निगमको थानकोट डिपोले जनाएको छ । एउटा मोटरसाइकललाई पाँच लिटर पेट्रोल दिइनेछ । यसपछि ८ गते शुक्रबार ३० देखि ५० लटका मोटराइकलको पालो आउनेछ भने ११ गते सोमबार ५१ भन्दा देखि माथिका लटका मोटरसाइकलका लागि तेल बिक्री गर्ने तालिका छ ।
निगमले यो पटक पनि बिहान ९ बजेदेखि तेल वितरण सुरु हुने बताएको छ । तेल लिन नवीकरण भएको ब्लुबुक अनिवार्य गरिएको छ ।