बेनी ।
म्याग्दीको सदरमुकाम बेनीमा एक हजारको नक्कली नेपाली नोट भेटिएको छ ।
बिहीबार लोकदीप बचत तथा ऋण सहकारी संस्थामा ग्राहकमार्फत शंकास्पद नोट भेटिएपछि परीक्षणका क्रममा नक्कली रहेको पाइएको सहकारीका प्रबन्धक नेत्रराज सुवेदीले बताउनुभयो ।
केही महिनाअगाडि म्याग्दीमै रु ५०० को नोट भेटिए पनि एक हजारको नक्कली नोट पहिलोपटक बजारमा भेटिएकाले नक्कली नोटको गिरोह जिल्लाभित्र नै हुनसक्ने अनुमान गरिएको छ ।
भीडभाडमा यस्ता नोटहरूको कारोबार हुनसक्ने भन्दै प्रहरीले जानकारी गराउनसमेत अनुरोध गरेको छ ।